हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 507  पटक पढिएको
चुडामणि नेपाल अकिञ्चन

कोरोना कहरले संसार भरिकै शिक्षा प्रणालीमा नयाँ आयाम भित्राएको छ र पुरानो प्रणालीबाट नयाँ आयामतिर प्रवेश गर्दा सहजता र असहजता दुवैको सामना गरिरहनु परेको छ तर मैले यहाँ उल्लेख गर्न खोजेको विषयवस्तु भने पुरानो प्रणालीकै विषय हो जुन विद्यार्थी भर्ना प्रणालीमा आधारित छ ।

वर्षेनी विद्यालयको शैक्षिक शत्र समाप्त भएपछि करिब ६ लाख ५ वर्ष पुगेका विद्यार्थी बाल बालिका विद्यालय भर्नाको पर्खाइमा हुन्छन् । हरेक वर्ष सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्छ जसको उद्देश्य विद्यालयको पहुँच बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा सहज रुपमा भर्ना गर्नु रहेको हुन्छ तर अहिलेको विद्यार्थी भर्ना प्रणालीले विद्यालयको पहुँच बाहिर रहेका विद्यार्थीलाई अझै पनि विद्यालय क्षेत्रभित्र ल्याउन सकेको छैन ।

कतिपय विद्यालयहरु आफ्नो ग्राउण्डबाट बाहिर ननिस्की छानी छानी योग्य र सक्षम भन्दै राम्रो अङ्क ल्याएका विद्यार्थीहरुलाई भर्ना गर्ने र अरु धेरैलाई हाम्रो विद्यालयमा पढन अयोग्य छन्, सक्षम छैनन्, सिट र क्षमता छैन भन्दै बाहिर पठाउने प्रवृत्ति छ जसले गर्दा भर्ना अभियान सफल भएको छ कि असफल पूनरमूल्याङ्कन हुनु जरुरी छ । त्यस्ता विद्यालयहरु भर्ना अभियानका नाममा विद्यालय क्षेत्र बाहिर समेत निस्कदैनन् अनि त्यस्ता अयोग्य भनी निकालिएका वा भर्ना नगरिएका विद्यार्थी कसले पढाई दिनु पर्ने ? राम्रा अङ्क ल्याउने जति आफ्नोमा अनि कमजोर जति कहाँ कुन विद्यालयमा पढने ? कसले पढाउने ? सरकार, वा ती शिक्षक साथीहरु जो आफुलाई राम्रो संझिनु हुन्छ उहाँहरुले भन्दिनु परयो तिमीहरु फलानो ठाउँमा जाउ । अयोग्यलाई पढाउने विद्यालय फलानो हो, अनि परिणाममा नाक घोक्रयाउने । ती अयोग्य भनी भर्ना नलिइएका विद्यार्थीहरुलाई १० वर्ष पढाएर देखाउ राम्रो बनाउ अनि पो तिमी राम्रो । ८० प्रतिशत भन्दा माथिका विद्यार्थी छानेर पढाउने अनि परिणममा गर्व गर्ने यो लाज मर्दो कुरो हो ।

अभिभावकमा पनि एक प्रकारको भ्रम छ त्यहाँ हालेपछि त मेरा सन्तान फरर अङ्ग्रेजी बोल्छन् मानौं डाक्टर र ईञ्जिनियर भएर निस्कन्छन् । हो कतिपय विद्यालयका प्रअ हरुको व्यवस्थापनको कमजोरीले विद्यालयहरु सुध्रिन सकेका छैनन्, विद्यालयको भौतिक संरचनामा आएका सुविधाहरु कहाँ कसरी प्रयोग हुन्छन शिक्षकहरुलाई थाहा हुँदैन र कतिपय शिक्षक साथीहरु पनि वेवास्ता गर्नु हुन्छ ।

नियमित विद्यालय नआउने बढी सुविधा खोज्ने, कक्षामा गएर विद्यार्थीसँग गफिने राम्रो नपढाउने, प्रअ, वा संम्बन्धित निकायले कक्षा अवलोकन नगरिदिनाले र पृष्ठपोषण, दण्ड, पुरस्कार नभईदिनाले कतिपय विद्यालयको पढाई स्तर खस्केकै छ । सुधारको आशा गर्नै नसकिने भने होइन । तुरुन्तै सुधार गर्न सकिने धेरै विद्यालयहरु छन् । गर्नु पर्ने आवश्यकता पनि छ र हुँदै पनि छन् ।

विडम्बना यहाँ त भर्नाको नाममा कतिपय सामुदायिक विद्यालयमा पनि कक्षा एकमा समेत प्रवेश परीक्षा लिने गरिन्छ र तँ, तिमी योग्य छैनौ भन्दै उसको वास्ता गरिदैन जतासुकै जाओस जेसुकै गरोस मतलव राखिंदैन अर्थात विद्यालय बाहिर पठाइन्छ । संविधानमा उल्लिखित मौलिक हकको आधारलाई मात्र हेर्ने हो भने पनि विद्यार्थीले आफुले चाहेको ठाउँमा पढन पाउनु पर्छ तर कुनै पालिका भित्र एउटै प्रश्न पत्रबाट उही परीक्षा उत्तीर्ण गरेको एउटा विद्यार्थीले भर्ना पाउने र अर्कोले रुँदै निस्कनु पर्ने यो कुन शैक्षिक न्याय हो ? हामीले यसलाई गम्भिरता पूर्वक लिएकै छैनौँ । भर्नाको अभियान या प्रवेश परीक्षाको निहुमा प्राविधिक धार बाहेक कक्षा १० सम्म कुनै पनि सामुदायिक विद्यालयले पनि छानेर विद्यार्थी भर्ना गर्न नपाउने नियम बनाउनु आवश्यक छ । मानांै कुनै ‘ए’ भन्ने विद्यालयमा ३०० जना विद्यार्थी भर्ना लिनु छ भने
५०० जना विद्याार्थीले भर्नाको फारम भरे कक्षा १ = २० कक्षा २ = १५ एवम् रितले कक्षा ९ सम्म ३०० विद्यार्थी भर्ना गर्नु छ भने कमसेकम चिट्ठा प्रणालीबाट विद्यार्थी छान्नुहोस अनि बाँकी रहेका विद्यार्थीहरु अन्य विद्यालयमा आफ्नो अनुकुलले जालान र चित्त पनि बुझाउलान ।

तपाईंकहाँ राम्रा वा नराम्रा सबै पर्लान हुनत यहाँ पनि योग्य विद्यार्थीले अवसर पाएनन् भन्ने कुरा पनि आउला तर माथिको विधि बढी न्यायिक हुने देखिन्छ । अर्को अचम्मको कुरा कुनै पनि विद्यालयमा समान योग्यता, क्षमता, तालिम र अनुभव भएका शिक्षकहरु सरकारले नियुक्ति गरेको छ ।

होला कसैले आफ्नो सीप र क्षमतालाई माथि लगेको होला, पढाउने, सिकाउने कला कौशलमा परिवर्तन गरेको होला यसैका आधारमा मात्र फलानो विद्यालय राम्रो फलाना विद्यालयका शिक्षकहरु राम्रा फलानोका नराम्रो,नराम्रा भनि भ्रम छर्न पाइन्छ र ? कक्षा १० सम्म पढेका कुनै पनि विद्यालयका सम्पूर्ण विद्यार्थीहरु के सबै डाक्टर भएर निस्कन्छन् ? निस्केका छन ? सरकारले न्यायिक तवरले भरसक मिलाएर हरेक विद्यालयलाई विषयगत शिक्षक दरबन्दी दिनु पर्छ , मिलाउने प्रयास गर्नु पर्छ । विषयगत शिक्षकसमेत नभएको ठाउँमा अनि राम्रो परिणाम कसरी प्राप्त हुन्छ ?
एकै प्रकारका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका नाममा कुनै विद्यालयले छानी छानी रोजेर प्रवेश परीक्षा लिएर कतिपयलाई अयोग्य भनी अस्वीकार गर्न पाउने र ती अरु विद्यालयले भर्ना गरिदिनु पर्ने अनि कतिपयले भौंतारिंदै गाउँ गाउँ कुना काप्चासम्म गएर दलित पिछडा वर्ग र गरिबीको रेखामुनी रहेका लेख्ने साधन, खाने अन्न र लाउने ड्रेस, खुट्टामा चप्पलसम्म नभएका खाना नखाई खाली पेट विद्यालय आउनु पर्ने वर्गलाई खोजेर विद्यालयमा भर्ना गर्नु पर्ने वाध्यता जबसम्म रही रहन्छ तवसम्म सबैलाई एउटै कक्षा टोकरीमा हालेर हेर्न मिल्छ ? शैक्षिक र बौद्घिक वर्गसँग यो मेरो प्रश्न हो ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!