हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 666  पटक पढिएको

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको पहिलो दिन आइतबार बाणिज्य बैंकको उपसूचक उच्च अंकले बढेको छ । जसका कारण आइतवार नेप्से ५४.३१ अंकले बढेर तीन हजार ५८ दशमलब ३१ विन्दुमा पुगेको हो ।

आइतवार कारोबार रकममा पनि उछाल आएको छ । आइतवार १४ अर्ब ३० करोड २३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आइतवार नौँ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । जसमा बिशाल बजार कम्पनी, ङादी ग्रुरुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी रहेका छन् ।

त्यस्तै, आइतवार लक्ष्मी उन्नती कोष र कुमारी इक्युटी फण्डको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ ।

त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१४ प्रतिशत र लघुवित्तको १.५८ प्रतिशत बढेको छ । कारोबारमा आएको म्युचुअल फण्डको सूचक सर्वाधिक १.२९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन साढे ४९ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन ग्लोबल आईएमई बैंकको ४९ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!