सोमबार, साउन ११, २०७८ || 640  पटक पढिएको

सरकारले गोप्य रूपमा भारतसँगको सीमा नाका खुल्ला गरेको छ । यो असारे मसान्तमा कर उठाउने रणनीति अन्तर्गतको एक पहुल हो भनेर किन नभन्ने ?

विराटनगर महानगरपालिकासहित मोरङभरको सीमा नाका खुल्ला गरेपछि प्रत्येक दिन नेपाल भारतका हजारौ नागरीक निर्वाध रूपमा आवतजावत गरिरहेका छन् । एक त खुल्ला सीमानाका त्यसमा पनि सरकारले गोप्य रूपमा प्रमुख रानी नाकाबाहेक सबै नाका खोलेपछि दुई देशका नागरिकहरूको बढ्दो आवागमन चापले कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

भारतको विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या उच्च छ । भारतको कतिपय सहरमा उच्च कोरोना संक्रमणसँगै डेल्टा प्लस लगायतका भेरियेन्ट देखा परेको छ । यस्तो अवस्थामा नेपाल सरकारले भारतसँगको सम्पूर्ण नाकाहरू शीलबन्दी गरेर दुई देशका नागरिकको आवतजावतमा रोक लगाएर कुनै एक नाकाबाट स्वास्थ्य परीक्षणपछि मात्र आवतजावत गर्न दिनु पर्ने हो ।

सरकारले यतिखेर २०७६ चैत ११ गतेदेखि पूर्ण रूपमा ठप्प पारेको रानी नाकाबाट आवतजावत गर्ने दुई देशका नागरिकहरूको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेको छ । भारतबाट अध्ययन लगायत विभिन्न काम विशेष र रोजगारीका लागि आउने भारतीयहरूको हकमा सरकारले जिल्ला प्रशासन कार्यालय मोरङको अनुमति अनुसार रानी नाकामा स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

नेपालबाट काम विशेषले भारत जाने विद्यार्थीदेखि उद्योगी व्यवसायीहरूको हकमा जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत गृह मन्त्रालयको स्वीकृति लिएर कागजातको आधारमा मात्रै विराटनगरको प्रमुख मुख्य भन्सार कार्यालय हुँदै भारत जाने व्यवस्था गरेको छ । यस बाहेक विराटनगर महानगरपालिकाको भारतसँग सीमाना जोडिएको वडा नं. १६ को दरैया र केसलिया १७ को मटेरवा र इस्लामपुर , १८ को भेडियारी सहित जिल्लाभरीका दर्जनौ नाका गोप्य रूपमा संचालनमा छ भन्ने कुरा छर्लङ्ग देखिन्छ ।

जहाँबाट प्रत्येक दिन दुवै देशका नागरिक निर्वाध रूपमा किनमेलदेखि घुमफिर र रेलसेवाका लागि जोगबनी पुग्ने गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले एक मात्र मटेरवा नाकाबाट अलि खुकुलो पारेर आवत जावत गर्न सहज वातावरण निर्माण गरेको थियो । कोभिड–१९ महामारीको दोस्रो लहर अलि खुकुलो हँुदै जाँदा मोरङ प्रशासनले मुख्य रानी नाकाबाहेक जिल्लाका सबै नाका गोप्य रूपमा खुल्ला गरेको छ । प्रशासनले सीमा नाका खोलेर जारी निषेधाज्ञालाई कडाई गर्दै बजार खोलिने समय तालिका घटाएको छ ।

मोरङ प्रशासनले विहान ५ बजेदेखि राती ८ बजेसम्म बजार खोल्न गरेको निर्णय कार्यतालिकामा फेरबदल गरेको छ । साउन ७ गते राती १२ बजेदेखि निषेधाज्ञाको कार्यतालिमा फेरबदल गर्दै राती ८ बजेसम्म बजार खोल्ने गरेको निर्णय घटाएर बेलुकीको ६ बजेसम्म झारेको छ । जसको प्रत्यक्ष असर उद्योगी, व्यापारी र बजारका व्यवसायीहरूमाथि परेको छ ।
प्रशासनले एकातर्फ सीमा नाका पूर्ण रूपमा खुल्ला गरेर आवतजावतलाई प्रोत्साहन गर्ने र अर्कोतर्फ बजार खोल्ने समय तालिका घटाएर व्यापारी र व्यवसायीको व्यापारमा अवरोध सृजना गर्ने भन्दै व्यवसायी र व्यापारीले असन्तुष्ट प्रकट गरेका छन् ।

मोरङ प्रशासनले निषेधाज्ञाको समयावधि हप्ता दिनका लागि थप्दै बजार खोल्ने समयतालिका घटाएपछि यसको प्रत्यक्ष असर उद्योगी तथा व्यापारिक क्षेत्रमा पर्न गएको छ । उद्योगी क्षेत्रले मजदूरहरूलाई ६ बजे अघि घर पुग्नका लागि विदा दिनु पर्ने भएकोले उत्पादन तालिकामा बाध्य भएर कटौती गर्नु परेको छ । तर मोरङ प्रशासन कोभिड–१९ महामारीको दोस्रो लहर र मृत्युदरमा वृद्धि हुन थालेकोले खुकुलो गरेको निषेधाज्ञालाई कडाई गर्दै समय तालिकामा परिमार्जन गरेको स्पष्ट पारेको छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!