सीमामा के भईरहेको छ ?

रिपोर्टरको कूनो

बीरेन्द्रकुमार साह

आइतबार, साउन १०, २०७८ || 663  पटक पढिएको

नेपाल–भारत सीमा क्षेत्र पुगेको थिएँ । विराटनगर नाका पुरै बन्द छ । लाग्छ सीमा बन्द छ तर, भित्री रुपमा सबै खुल्ला छ । जुन भीड देखियो त्यो त बोर्डर ओपन हुँदा १७ महिनाअघि पनि थिएन ।

ठुला तस्करहरूदेखि लिएर साना झोले ब्यापारीहरुले समेत लाईन मिलाएर काम गरेको प्रत्यक्ष देखियो । निश्चित एउटा सबै अहिले पनि मालामाल भएका छन् । विराटनगर मिल्सएरियामा पुरा बाटोमा मेला नै लागेको देखियो । सीमामा खटिएको सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको पाइयो । घरको प्रयोगका लागि सामना खरिद गरेर ल्याएको जवाफ आयो तर, घर त घर धेरैको घरका लागि सामान आएको रहेछ ।

व्यापारीहरु सबै सेटिङ्मा सामान सानो पोका बनाएर मिल्सएरिया मटेरुवा नाका, इस्लामपुरा लगायतको स्थानबाट तस्करीको लाईन अझै संचालनमा रहेको हामीसित फुटेज छ । आखिर बन्दको नाटक किन ? को–को मिलेको छ यो काममा ? यस्तो महामारीको समयमा किन यस्तो तस्करी मेला लागेको न? ाकामा जिल्ला प्रशासन कार्यालयका प्रमुखले जवाफ दिनुपर्छ कि नाई ? जिम्मेवारी बन्नु पर्छ कि नाई ? खोई त नयाँ आउनु भएको जिल्ला प्रहरी प्रमुख जिसीको जोस ? डीआईजी बीसीसित यसको जवाफ छ ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!