हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 1147  पटक पढिएको

बिराटनगर। बढुवाको केही हप्तामै नेपाल सरकारका सहसचिव गोपाल रेग्मीले राजिनामा दिएका छन् । रेग्मीले अवकाश पाउनु ५ महिनाअघि अनुकुल स्गथानमा सरुवा नभएको भन्दै राजिनामा दिएका हुन । सूत्रका अनुसार रेग्मी इटहरी आउन चाहन्थे तर, उनकै समकालिन प्रशासनिक नेतृत्वले रेग्मीलाई कलैया उपमहानगरपालिका सरुवा गरेको थियो । त्यो बेला केपी ओली नेतृत्वको सरकार थियो ।

रेग्मी राजिनामापछि राजनीतिमा आउने अनुमान गरिएको छ । पंचायतकालमा नेविसंघ मोरङका कार्यवाहक सभापति रहेका रेग्मी कांग्रेसको आसन्न अधिवेशनमा क्षेत्रीय प्रतिनिधिको उम्मेदवार हुने तयारी गरेका छन् । नायव सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका रेग्मी मोरङ प्रशासनको प्रशासकीय अधिकृत, विराटनगर मानगरपालिकाका कार्यकारी प्रमुख, सुन्दरहरैंचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, सोलुखुम्बुको स्थानिय विकास अधिकारी, नुवाकोट, काठमाडौं उपत्यकालगायतका महत्वपूर्ण स्थानमा काम गरेका थिए ।

रेग्मीले आउँदो निर्वाचनमा विराटनगरको मेयरका लागि आकांक्षा राखेका छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!