हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 823  पटक पढिएको

साउन १७ गते हुने भनिएको मोरङ व्यापार संघको साधारणसभा सरेको छ । साारणसभा साउन २५ गते हुनेछ । आन्तरीक केही तयारी हुन बाँकी रहेकाले साधारण सभा एक हप्ताका लागि सारिएको हो ।

यसपटकको साधारणसभामा प्रधानमन्त्री वा अर्थमन्त्रीलाई ल्याउने प्रयास भएको छ । संघको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंमा गएर भेटेको छ । देउवाले समय अनुकुल भयो भने आफु आउने बताएका छन् । सूत्रका अनुसार प्रधानमन्त्रीकै लागि पनि साधारणसभा मिति एक हप्ता पर सारिएको हो । संघको साधारणसभामा यसअघि प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइराला सहभागि थिए । साधारणसभा संघको नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने छ ।

मोरङ व्यापार संघ २००८ सालमा स्थापना भएको देशकै पहिलो निजी क्षेत्रको उद्योग वाणिज्य संस्था हो । सात सालको क्रान्तिपछि विराटनगर मर्चेन्ट एसोसिएसनका नाममा यो संस्थाको जन्म भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!