आइतबार, साउन १०, २०७८ || 600  पटक पढिएको

यो विकासलाई सही व्यवस्थापनका साथ निकास दिएको विषय हो । जहाँ जनताको आवाजलाई तत्कालै संवोधन हुन्छ त्यहाँ उपलब्धीले इतिहास कोर्छ । हामी विकास होइन केबल निकासमात्र गरिरहेका छौं । रकम निकास गर्ने अनि त्यहाँ भित्रका समस्याहरूलाई पूरै बेवास्ता गर्ने ।

विराटनगरमा सडक बन्यो, पेटीमा हिड्ने मार्ग पनि बन्यो तर, अहिले अधिकांश पेटीमा झार उम्रेका छन् । झार उखेल्न नमहानगरपालिकाले प्रयास गरेको छ न सामाजिक उत्तरदायित्व बोध नै भएको छ । सडकहरू झाडीमा परिणत भएका छन् । सडकमा धुलो बढेको छ र, मोटो रकम खर्चेर एसियाली विकास बैंक र अन्य दातृ संस्थाको सहयोगमा बनेका सडक छोपिएका छन् ।

एउटा रोचक कुरा यहाँ उल्लेख गर्न मन लाग्यो जुन सत्यमा आधारित छ ।
भारतमा रेल सेवा सुरु भएको सन् १८५३ देखि हो । मुम्मई–पुणेसम्मको रेल्वे यात्रा सुरु भएको थियो । कोलाकताका एक सेठ गुलावचन्द्रलाई रेल चढ्न मन लागेछ । उनी कोलाकाताबाट मुम्मई पुगे रेल चढ्नैका लागि ।
टिकट काटे र यात्रा सुरु भयो । धोती कुर्ता लगाएर गएका सेठ गुलावन्द्रलाई दिसा लाग्यो । उनले रेल्वेका कर्मचारीलाई आफुलाई दिसा लागेको र रेल रोक्न आग्रह गरे । प्रथम चरणमा सुरु भएको रेल सेवा रोकिने कुनै ‘सिस्टम’ थिएन । यात्रा सुरु भएपछि गन्तब्यमा नपुगुञ्जेल नरोकिने व्यवस्था थियो । सेठ गुलावन्द्रलाई निकै सकस भयो । रेल रोकिन्न र, दिसा पनि नरोकिने छाँट देखियो ।

आपत् प¥यो । के गर्ने ? कसो गर्ने ? सेठ गुलावन्द्रले रेलमै दिसा गरे, आफैले आफैलाई गिज्याउँदै उनले दिसा गरे । मर्ता क्या नही कर्ता भनेझैं ! यो देखेर असभ्य मनुवा भन्दै कर्मचारीले तथानाम गाली गरे । सामान्य हातपात नै भयो ।
यात्रा गरेर नौलो अनुभव संगाल्न पुगेका सेठ गुलावन्द्रले भरमारको अपमान सहनुप¥यो । उनी अपमानको घाउ बोकेर कोलाकाता महानगर फर्किए । कोलाकातामा रेल चढेर आउने सेठसित धेरैले अनुभव कस्तो भयोर जिज्ञासा राखे र, उनले कुनै कुरा नढाँटीकन सबै विवरण सुनाए ।

त्यसपछि सेठलाई लाग्यो–यति ठूलो रकम खर्च गरेर आकर्षक रेल बनाउनेले दिसा–पिसाब गर्ने शौचालय किन बनाउन सकेन ?
उनले पत्र लेखे र, रेल्वे विभागमा पठाए । हेर्नुहोस् त्यो एक पत्रले भारतीय रेल्वेलाई परिवर्तनको दिशामा अग्रसर गरायो । सेठ गुलावचन्द्रले पत्रमा रेल सेवा आकर्षक भएको, छिटो पुगिने र एकैपटक धेरै यात्रुलाई सेवा दिन सकिने भए पनि शौचालय नभएकोमा चरम असन्तोष पोखेका थिए । उनको पीडादायी पत्र सुनेर रेल्वेका कर्मचारी भावुक बनेका थिए ।
यो पत्र प्राप्त भएपछि रेल्वे विभागको आपतकालिन बैठक बस्यो । कोलाकाताका सेठ गुलावचन्द्रसित भएको गलत व्यवहारको चिरफार भयो । यो प्रकरणमा गुलावचन्द्रको कुनै दोष नभएको र उनलाई अन्याय भएको निश्कर्षमा पुगे ।
भारत बर्षमा रेल्वे संजालले ठूलै आकार लियो । यो पत्र प्राप्त भएर बैठक बसेको ३० बर्षपछि भारतका हरेक रेलमा शौचालयको व्यवस्था गरियो । एउटा सामान्य घटनाले सर्वाधिक मान सागरले प्रयोग गर्ने रेल्वे सेवामा परिवर्तन ल्यायो ।
हो, नेपालमा यसप्रकारका गुनासा, असन्तोष लिखित पत्रको कुनै अर्थ छैन । यहाँ पत्र दिएर भएका गुनासोको पुलिन्दा नै खोलिन्न । गुनासा पेटिकाहरू खुल्दै खुल्दैनन् । मौखिक, सोसल मिडियाको प्रयोग गर्दै भएका गुनासाको पनि यहाँ जवाफ दिने चलन छैन । सुन्ने गरिन्छ तर, समाधान खोज्नेतर्फ कुनै निकायको ध्यान जाँदैन ।

माथि यात्रु हिड्ने पेटीको कुरा सबैले देखेका छन् । सम्भवतः धेरैले यसबारे गुनासो गरेका होलान् । तर, यसमा न महानगर जागेको छ न समुदाय । शनिबार विदाको दिन, आम समुदाय मिलेर झार उखेल्ने हो भने भएको विकास देखिने थियो । कसैको हात अघि बढ्दैन ।

विराटनगरमा यसखाले कार्य गरेर उदाहरण पेस गर्न सक्छ परिवर्तनका लागि हातेमालोजस्ता संस्थाले । यस्ता संस्था अघि बढे भने अनि बल्ल धेरैको बुद्धिमा बिर्को लाग्छ–पेटी त यसरी पो सफा गर्नु पर्ने रहेछ !

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!