हिपमत डटकम

शनिबार, साउन ०९, २०७८ || 516  पटक पढिएको

मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ।

मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ ।

यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।गहुको रोटीको तुलनामा मकैको रोटी पचाउन सजिलो हुन्छ । मकैमा पाइने फाइबर (रेशा) ले पाचन प्रक्रियालाई दुरुस्त राख्नुका साथै आन्द्रालाई राम्ररी काम गर्न सहयोग गर्छ ।

साथै, विषालु पदार्थलाई आन्द्रामा टाासिन दिदैन।रक्तअल्पताका विरामीका लागि मकै निकै लाभकारी मानिन्छ ।

किनकी यसमा जिंक, भिटामिन बी-१२, आइरन तथा भिटा क्यारोटिन पाइन्छ, जसले शरीरमा रातो रक्तकोषिका बढाउन मद्दत गर्छ । मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ । यसका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ । हड्डीलाई बलियो बनाउनका लागि तपाईं दुध र भिटामिन डी को सेवन गर्नुहुन्छ । तर तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । यसका साथै एन्टी–अक्सिडेन्ट फ्री र्डिकलबाट बचाएर अनुहारमा चाउरी पनए दिँदैन ।मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।

कृषि गुरुबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!