रिपोर्टरको कूनो
म्यासेञ्जर, एसएमएस र फोनै गरेर भर्चुअल मिटिङमा डाक्ने क्रम बढेको छ । केही संस्थाहरूले निम्तो दिएपछि घरमा बसेर मोबाइलमा अनलाइनमा आइयो । बैठक सुरु भयो र, नेता गणले भटटटट् भाषण गर्न थाले । नेताको कुरा सुन्नुपर्ने । कोरोना महामारीले सार्वजनिक स्थानमा बोल्न नपाएका उनीहरूले ठाउँ पाएपछि समयको ख्याल पनि नगर्ने रहेछन् ।
नेता भन्दा पनि आयोजकले धेरै बोल्ने । अरुलाई बोल्न लगाउने होइन आफै अघि सरेर बोल्ने ।
आफ्नो कुरा राख्न खोज्यो भने आयोजक तपाईं केहीबेर पखर्नुस पालो आउँछ’ भन्दै रोक्छन् । पालो कहिले आउँदैन । बोल्नेले बोल्छन् अनि अनलाइन अफ लाइन हुन्छ । होइन यस्तो भर्चुअल बैठकको कुनै अर्थ छ ? यस्ता बैठकले के फलिफाप गराउँछ ? उल्टै रिस, राग, द्धेष फैलाउने रहेछ । उर्लाबारीका मेयर खड्ग फागोले राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीलाई तथानाम गाली गरे ।
होइन, यस्तो बेफजुलको कार्यक्रममा किन निम्तो गर्नु ? पत्रकार मित्र धिरज दाहालले त्यसै सोसल मिडियामा भनेका रहेछन्, ‘कृपया मलाई भर्चुअल मिटिङमा नबोलाउनु होला, यस्ता बैठकमा समय दिने मेरो फुर्सद छैन ।
हो, तपाईं पनि एकपटक सहभागि भएर हेर्नुहोस् त अर्कोपल्ट भर्चुअल मिटिङको नामै लिन चाहनु हुन्न ।