हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 702  पटक पढिएको

परमादेशले प्रधामन्त्री भएको भन्दै एमाले केपी ओली समूहले देशव्यापी रूपमा गिज्याइरहेको बेला राष्ट्रिय सभाका सांसद एवम् कांग्रेसका लोकप्रिय युवा नेता रमेशजंग रायमाझीले जनादेश पाएको शक्तिशाली प्रधानमन्त्री भन्दै जवाफ दिएका छन् ।

राष्ट्रियसभामा बोल्दै रायमाझीले प्रधानमन्त्री देउवा जनादेशकै प्रधानमन्त्री भएको बताए । रायमाझीले प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको विश्वास पाएका प्रधानमन्त्री भएकाले नगिज्याउन चेतावनी दिए । १४६ जना सांसदले समर्थनमा हस्ताक्षर गरेर अदालतमा गएपछि सर्वोच्चले प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको उल्लेख गर्दै उनले पुनस्र्थापित प्रतिनिधिसभाका १६५ सदस्यले विश्वासको मत दिएसँगै सरकार जनादेशको बनेको धारणा उनले राखे ।

‘यो परमादेश भनेको जनादेश नै हो, सर्वोच्चले परमादेश जारी गरेकोमा १६५ जना माननीयको समर्थन भयो, सर्वोच्च अदालतले गरेको निर्णय सही रहेछ भन्ने प्रमाणित भयो’ उनले भने, ‘त्यसकारण म यहाँबाट ती पाँच जना श्रीमानहरूलाई स्यालुट गर्न चाहन्छु जसले संविधान बचाए ।’ रायमाझीले ओली नेतृत्वको सरकार आफ्नै कुकर्म र अकर्मण्यताका कारण ढलेको दाबी गरे ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!