शुक्रबार, साउन ०८, २०७८ || 642  पटक पढिएको
तस्बिर -सामाजिक संजाल

मोरङमा ०७८÷०७९ का लागि दररेट सार्वजनिक गरिएको छ । दररेटमा डकर्मी, नकर्मी, सिकर्मीलगायत दक्ष अर्धदक्ष कामदारको ज्याला मजदुरीमा वृद्धि गरिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को छैंटौ संशोधनको नियम १४८ बमोजिम गठन जिल्ला दररेट समितिको बैठक प्रजिअ कोषहरि निरौलाको संयोजकत्वमा बसेको थियो । बैठकमा निरौलासहित प्रमुख कोष नियन्त्रण पर्शुराम नेपाल, मोरङ व्यापार संघका कार्यकारी अधिकृत कृष्ण रेग्मी, उद्योग संगठन मोरङका कार्यकारी अधिकृत चुडामणी भट्टराई, संघीय आयोजना कार्यान्वयन इकाइका प्रमुख ब्रह्मदेव चौधरीको उपस्थिति थियो ।

बैठकले ०७८÷०७९ का लागि मोरङ जिल्लाभर निर्धारण गरेको दररेट, भाडा र ज्यालामा डकर्मी, नकर्मी, बज्रकर्मी, सिकर्मी, पेन्टर र दक्ष कामदारको ज्याला मजदुरी ९ सय रूपैयाँ दैनिक कायम गरिएको छ । अघिल्लो वर्ष प्रतिदिनको ८ सय २० रूपैयाँ तोकिएको थियो । अर्धदक्ष कामदारतर्फ डकर्मी, नकर्मी, बज्रकर्मी, सिकर्मी, पेन्टर र कामदारको ज्याला मजदुरी ७ सय रूपैयाँ किटान गरिएको छ । यसअघि अर्धदक्षको मजदुरी ६ सय ८० रूपैयाँ थियो ।

बढेको दररेट, भाडा र ज्याला साउन १ गतेदेखि लागु भएको हो । सबै खाले कुल्ली, ज्यामी र बगैंचामा काम गर्ने मालीको दैनिक दर ६ सय ४० रूपैयाँ तोकिएको छ । यसअघि यिनीहरूको दर ५ सय ८५ रूपैयाँ कायम गरिएको थियो । सुरक्षाकर्मीको रूपमा काम गर्ने पालेलाई पनि खुशी पार्ने काम गरिएको छ । पालेको दैनिक ज्याला अब ५८५ रूपैयाँबाट बढेर ६ सय ४० रूपैयाँ भएको छ । यस्तै प्लम्बर र इलेक्ट्रिसीयनको एक दिनको ज्याला ८ सय २० रूपैयाँबाट बढाएर ९ सय रूपैयाँ गरिएको छ । सहायकलाई भने ७ सय २५ रूपैयाँ न्यूनतम तिर्नु पर्ने छ ।

नाली तथा सेफ्टी ट्याङ्क सफा गर्ने सफाई कर्मचारीको एक दिनको ज्याला ६ सय ४० किटान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सफाई कर्मचारीको ज्याला ३० रूपैयाँले बढेको हो । सामान ट्रक र टेक्टरमा लोड अनलोड गर्ने कामदारको ज्याला २५ रूपैयाँप्रति क्विन्टल पारिएको छ । फलामे डण्डीको पनि दाम वृद्धि गरिएको छ । अघिल्लो वर्ष ८१ रूपैयाँ ५० पैसा कायम गरिएको एक केजी ८ मि.मि व्यास भएको फलामे छडको दर यस वर्ष ९० रूपैयाँ ५० पैसा पारिएको छ । १० देखि ३२ मिमिसम्मको फलामे डण्डीको दर ७८ रूपैयाँ ५० पैसाबाट बढाएर ८७ रूपैयाँ प्रति केजी कायम गरिएको छ ।

फलामे डण्डी बाध्ने तारको मूल्य भने स्थिर राखिएको छ । तारको १ केजीको दर ९७ रूपैयाँ किटान गरिएको छ । तयारी ग्रीलको दाम १४० रूपैयाँप्रति केजी तोकिएको छ भने कम्पाउण्ड गेटको दाम १४० रूपैयाँप्रति केजी मुकरर गरिएको छ । तयारी रोलिङ्ग सटरको दाम भने विगत तीन वर्षदेखि एकैनासको राखिएको छ । रोलिङ्ग सटरप्रति वर्गफिटको ५१० रूपैयाँ कायम गरिएको छ । अलकतराको ६३ रूपैयाँ ६० पैसादेखि ६८ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
चिम्नी भट्टाको प्रथम श्रेणीको इट्टाको दररेट १९ हजार ५ सय रूपैयाँप्रति हजार कायम गरिएको छ । यसअघि प्रथम श्रेणीको इट्टाको दररेट १६ हजार २ सय ४८ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा ३ हजार २ सय ५२ रूपैयाँ प्रतिहजारले बढाइएको छ । पिकेट इट्टाको १९ हजार रूपैयाँ तोकिएको छ । २ नं. इट्टाको दररेट १५ हजार ३ सयबाट वृद्धि गरेर १९ हजार रूपैयाँ पु¥याइएको छ ।

गिट्टीको मूल्य साइज अनुसार ११५० देखि १२ सय प्रतिघनमिटर पु¥याइएको छ । खोलाको चालेको बालुवालाई ८ सय ५० प्रतिघनमिटर कायम गरिएको छ । बालुवामा १ सय ५० रूपैयाँ बढाइएको छ । नरियल, भुसा, नरिवलको डोरी, जुटको डोरी, जुटको बोराको दाम यथावत राखिएको छ ।

ओपीसी र पिपिसी सिमेन्टको दररेटमा कुनै फेरवदल गरिएको छैन । ओपीसीको मूल्य ८५० रूपैयाँ प्रतिबोरा(५० केजी) निर्धारण गरिएको छ भने पिपिसीपनि ७५० रूपैयाँमा कायम छ । २२ गेजको टिना पाताको दररेट बढाएर १६ हजार ९२९ रूपैयाँ प्रति बण्डल पु¥याइएको छ । २४ गेजलाई १४ हजार ५ सय ९ रूपैयाँ र ३० गेजलाई ७ हजार ४ सय ३६ रूपैयाँ प्रति वण्डल तोकिएको छ ।

स्थानिय साल काठ चिरान ५ हजार ६ सय घनफिटबाट ६ हजार रूपैयाँ घनफिट कायम गरियो । सिसौ टिकको ४ हजार ४ सय रूपैयाँ भने आँप , कटहरको काठ चिरान २ हजार २ सय रूपैयाँ घनफिट कायम गरिएको छ । मार्बल सादा १३ एमएमको दररेट १ सय ७५ रूपैयाँ वर्गफिट कायम गरिएको छ भने रंगीनको १६५ रूपैयाँ कायम गरियो । ग्रेनाइट १३ एमएमको ३ सय २५ भने ग्रेनाइट कालो १३ एमएमको ३ सय रूपैयाँ वर्गफिट कायम गरिएको छ । दिसा बस्ने ब्राण्डेड कम्वोडको प्रतिसेट २० हजार रूपैयाँमा २ हजार थप गरी २२ हजार रूपैयाँ बनाइएको छ ।

रंगमा मेटल प्राइमरको दररेट ३ सय रूपैयाँप्रति लिटर तोकिएको छ । उडन प्राइमरको ४ सय र इनामेल थिनरको ३ सय रूपैयाँ दररेट किटान गरिएको छ । ईनामेल पेन्टका लागि ५ सय ६६ रूपैयाँ प्रतिलिटर तिरे पुग्छ । प्लाष्टिक इमल्सन पेन्टका लागि १०४० रूपैयाँ प्रतिलिटर कायम गरियो । फेविकोलको २८० रूपैयाँ प्रतिकिलो, चुनाको २५ रूपैयाँ प्रतिकिलो र निरको ११० रूपैयाँ प्रतिकेजी किटान गरिएको छ ।
यस्तै पानी खाने थर्माकोल ट्याङ्कको १४ रूपैयाँ ८५ पैसा प्रतिलिटर किटान गरिएको छ । स्टेनलेसन स्टिल ट्याङ्कको भने २३ रूपैयाँ ६५ पैसा तोकिएको छ । जिआइ पाइप मिडियमको दर २१४ देखि ५ हजार ३ प्रतिमिटरसम्म कायम गरिएको छ भने लाइटको १८० देखि ३०३५ रूपैयाँ प्रति मिटर कायम गरियो ।
जिआइ पाइप हेभीको २५१ रूपैयाँ प्रति मिटरदेखि ५ हजार ३ सय ८० कायम गरिएको छ । गोलिया काठ कटान एवं मुछानको १९ रूपैयाँ घनफिट दर रेट तोकियो । बा¥हमासे कटहरको विरूवाको दररेट पनि बढेर आएको छ । अघिल्लो वर्ष १५० रूपैयाँमा पाइने कटहरको विरूवा अब १६५ रूपैयाँमा उपलब्ध हुने छ । रूद्राक्षको विरूवाको दाम भने घटेको छ ।
एक रूद्राक्षको विरूवाको दाम ३५ रूपैयाँ घटेर ८० रूपैयाँमा उपलब्ध गराइने भएको छ । रक्तचन्दन किन्ने भए १ सय ७५ रूपैयाँ तिर्नुपर्ने छ । २० वाट सोलर सेटको दररेट १४२१७ रूपैयाँ कायम गरिएको छ भने माटोको सुधारिएको चुल्होको पनि दररेट बढाइएको छ । ५५० रूपैयाँमा पाइने चुल्होको रेट ५७७ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।
प्रशासनले सरोकारवालासँग छलफल गरी तोकेको दररेट वैज्ञानिकताबाट विमुख भएको विज्ञको आरोप छ ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!