हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 1355  पटक पढिएको

देशकै जेठो निजी क्षेत्रको संस्था मोरङ व्यापार संघको अध्यक्षमा संस्थापन पक्षबाट नवीन रिजाललाई अघि सारिएको छ । रिजाल हाल संघको वरिष्ठ उपाध्यक्ष छन् ।

डेढ दशकदेखि निरन्तर संघको कार्यसमितिमा रहेर काम गरेका रिजाललाई अध्यक्ष बनाउन पूर्व अध्यक्ष महेश जाजु, पवन सारडा, वर्तमान अध्यक्ष प्रकाश मून्दडालगायत युवा पुस्ताको टिम नै अघि सरेको छ । पूर्व अध्यक्ष सुरेशकुमार शर्मा, ताराचन्द खेतान, जीवन नेपाल, खेमचन्द जैन, देवेन्द्र राजगढियालगायतले पनि रोलक्रम मिचिनु नहुने भन्दै रिजालको पक्षमा अभिमत जाहेर गरेको सूत्रले बताएको छ ।

संघमा पहिले कार्यसमितिको निर्वाचन हुन्छ र, साउन १७ गते साधारणसभा गरेपछि निर्वाचन समिति बनाएर चयन प्रक्रियालाई अघि बढाइने छ । अहिलेको टिमसित पूर्ण बहुमत रहेकाले निर्वाचन भयो भने पनि पूरै प्यानल विजयी हुने देखिन्छ । निर्वाचनपछि कार्यसमितिको पहिलो बैठकले अध्यक्ष चयन गर्ने छ र, अध्यक्षले कार्यसमितिका पदाधिकारी विस्तार गर्नेछन् ।

सूत्रका अनुसार यसपटक युवा पुस्ताका अनिल सारडा, अनुपम राठीलाई अघि बढाउने संकेत देखिएको छ । भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष मून्दडाले नदोहो¥याउने बताइसकेका छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!