हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 557  पटक पढिएको

नासाले सन् २००५ को तुलनामा पृथ्वी दुईगुणा गर्मीको चपेटामा परेको बताएको छ । उसले गर्मी अप्रत्याशित रुपले बढेको जनाएको छ ।

नासा र नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिस्ट्रेसनले आफ्नो रिपोर्टमा ऊर्जा असन्तुलन वर्ष २००५ देखि २०१९ बीच दुईगुणाले बढेको जनाएको छ । यो बढोत्तरी चिन्ताजनक रहेको रिपोर्टमा छ ।

ऊर्जा असन्तुलनको मतलब सूर्यको रेडियोएक्टिभ ऊर्जा पृथ्वीको वातावरण र सतहमा कति भित्रसम्म समाहित भइरहेको छ र यसको तुलनामा थर्मल इन्फ्रारेड रेडिएसन कति अन्तरिक्षमा फिर्ता भइरहेको भन्ने प्रस्ट हुने रिपोर्टमा उल्लेख छ । ऊर्जा असन्तुलन बढ्नको अर्थ पृथ्वीमा ऊजा बढिरहेको छ र यसले धर्तीलाई गर्मी गरिरहेको छ ।

उपग्रह र समुद्रबाट प्राप्त आँकडाका आधारमा वैज्ञानिकले पृथ्वीमा ऊर्जा असन्तुलन बढिरहेको पत्ता लगाएका हुन् । वैज्ञानिकका अनुसार पृथ्वीको ९० प्रतिशतभन्दा बढी ऊर्जा समुन्द्रमा जान्छ । नासाको आँकडामा जुन बदलाव आएपछि त्यो निकै चिन्ताजनक छ । ग्रिनहाउस ग्यासका कारण पृथ्वीको वातावरण तात्तिएको छ । जसले सूर्यबाट आउने रेडिएसन फस्छ र, अन्तरिक्षमा फर्किन पाउँदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!