खबर ठुलो छ

काठमाडौं, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन् । आइतबार सोलुखुम्बु घर भई काठमाडौँ बसोबास गर्ने पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन् । आइतबार सोलुखुम्बु घर भई काठमाडौँ बसोबास गर्ने पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।

आर्थिक अवस्था कमजोर भएका समस्या देख्नुका साथै सानैमा बुवाआमा गुमाएकी र उनको पढाई एकदम राम्रो भएकाले सहयोग गरेकाे कार्कीले बताए, ‘उनको पढाई र इमान्दारिता हेरेर आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु ।

पर्यटन व्यवशायी समेत रहेका कार्कीले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मुलुकको सम्बृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उनले बाह्यमात्रै नभएर आन्तरिक पर्यटन प्रबर्धन मार्फत स्थानीय उत्पादनको सदुपयोग गरेर आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा राज्यलाई आवश्यक पूर्वाधार निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न सकिने बताए ।

त्यस्तै देशमा मौलाईरहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनिकरणमा लाग्नुपर्ने आवश्यकतासमेत उनले औल्याए ।

सोहि अबसरमा नेपाली कांग्रेश महासमिति सदस्य तथा सोलुखुम्बुका नेता राम बहादुर बस्नेतले बिसेष गरि सोलुखुम्बुमा भएको भ्रस्टाचारलाइ संचारमाध्यमले उजागर गर्दै सुसुचित गर्नु पर्ने र सोलुखुम्बुलाइ भ्रमण बर्ष-२०२० को प्रमुख गन्तब्य बनाउन सोलुखुम्बुका संचारकर्मीले महत्वपुर्ण भूमिका निर्बाह गर्नु पर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आएर पत्रकारिता गर्ने अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया