हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 928  पटक पढिएको

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोनाभाइरस (कोभिड—१९) को सङ्क्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् । डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती थपिएको उनले बताए ।

कोभिड–१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको भन्दै इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

डेल्टा भेरियन्ट १११ भन्दा बढी राष्ट्रमा पुगिसकेकाले विश्वका लागि चुनौती थपिएको महानिर्देशक डा. घेब्रेयससले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!