सोमबार, माघ २७, २०७६ || 948  पटक पढिएको

मोडल तथा नायिका आशिष्मा नकर्मीको नयाँ गीत सार्वजनिक भएको छ । उनी “खेतमा झुल्ने धान” बोलको नयाँ लोक दोहोरी गीतको भिडियोमा देखिएकी छिन । राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् ।

त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ । करण चाईसिरले छायांकन गरेको यस गीतमा कुमार रानाको मिक्सिङ ,मास्टरिङ रहेको छ । मारुनी डिजिटलमा रेर्कडिङ गरिएको गीतलाई बिहिबार आफ्नो मनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

विवाहपछि कला क्षेत्रबाट पलायन जस्तै भएकी आशिष्माको विवाहपछिको यो पहिलो म्युजिक भिडियो हो । सार्बजनिक भिडियोलाई धेरै दर्शकले हेरिसकेका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!