हिपमत डटकम

बिहिबार, आषाढ ३१, २०७८ || 1502  पटक पढिएको

विराटनगर । ‘जीवन बचाऔं’ अभियानका अभियन्ता तथा गायक गीतकार विष्णु राजवंशीलाई कामायनी मुम्बईले प्रशंसा प्रमाण–पत्र प्रदान गरको छ । उनलाई लामो लकडाउनले गर्दा दैनिकी हात मुख जोड्न समस्या भएका परिवारहरुलाई खाद्यान्न सहयोग गरे वापत सो प्रमाण–पत्र प्रदान गरिएको हो ।

अभियन्ता राजवंशी कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा समेत खाद्यान्न सामग्री वितरण गरेका थिए । उनले विराटनगर महानगरपालिका, जहदा गाउँपालिका तथा विराटनगर अगल बगल क्षेत्रका रोजगारी गुमाएका तथा ज्याला मजदुरी न पाएर समस्यामा परेका परिवारलाई निरन्तर सहयोग गरेका हुन् ।

कामायनी मुम्बईले मानवीय सेवामा निरन्तर तत्पर रहेका विष्णु रजवंशीलाई कोभिड–१९ योद्धाको रुपमा प्रशंसा प्रमाण–पत्र प्रदान गरेको हो । भारतीय संचारकर्मी ईन २४ न्यूज टेलिभिजेनका प्रधानसंपादक अवानिन्द्रा आशुतोषले गीतकार तथा गायक विष्णु राजवंशीलाई सो प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!