सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत आज विहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सिरहाबाट धरान जादै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबसले नरहा गाउँपालिका- ५ पानबारी चौक नजिकै सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार सिरहा नगरपालिका – ३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मोटरसाईकलमा सवार मण्डलद्वय जन्तीवाट घर फर्किदै गर्दा दुर्घटनामा परेको हो ।