निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सिंहदरबार छाड्नुअघि देशबासीको नाममा सम्बोधन गर्दै कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रियामा रहेको दाबी गरेका छन् । ओलीले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० लाख खोप खरिद गर्ने प्रक्रियामा रहेको बताए।

 

उनले भारतबाट कोभिसिल्ड अनुदानमा ११ लाख र १० लाख मात्रा खरिदबाट, चीनबाट भेरोसेलको १८ लाख मात्रा अनुदान र ८ लाख मात्रा खरिदबाट र कोभ्याक्स सुविधामार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप १५ लाख मात्रा नेपालमा आइसकेको र हालसम्म २६ लाख नागरिकले एक मात्रा र १० लाखले दोस्रो मात्रा समेत लगाइसकेको बताए । उनले मंगलबार जापानले थप १६ लाख मात्रा एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत पठाउने निर्णय गरेको पनि उल्लेख गर्दै कोभ्याक्सले थप ३ लाख ५० हजार मात्रा पठाउन लागेको समेत जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने थप ६० लाख मात्रा फाइजरको खोप पनि खरिद गर्ने प्रक्रिया शुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!