सुनसरी। सुनसरीको इनरुवा नगरपालिकामा कार्यरत रहेको कर्मचारीहरु टुरिष्ट झै ११ बजे कार्यालय आउने र ३ बजे जाने गरेको पाइएको छ । कार्यालयमा रहेको कार्यालय सहयोगीहरुको अनुसार आफुहरु करारमा रहेकोले समयमा आउने गरेको र अन्य नेपाल सरकारका कर्मचारीहरुले ११ देखि १२ बजेको सम्ममा आउने गरेको र ३ नबज्दै जाने गरेको बताइन् ।

कर्मचारीहरुले कार्यालय बाहिर जादा सहयोगीलाई बहाना बताएरै जान्छन् सहयोगीका अनुसार” कोहि आएपछि भन्नू “सर अहिले भर्खरै बाहिर जानु भएको नगरपालिकाको कार्यालयमा बैठक छ, अथवा अनुगमनमा गएको छ लगायत यस्ता विभिन्न किसिमका बहानाबाजी गर्दै आएको देखिन्छ ।

केहि दिन यता देखी इनरुवा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा खेलवाड गर्दै आएको आरोप लागेका छन् । स्वास्थ्यकर्मीहरुले कार्यालयमा नबसेपछी सेवाग्राहीहरु रित्तै फर्कीने गरेको पाइन्छ । नगरपालिकाको कुनै एकवटा वडा मात्र नभइ दस वटै वडामा रहेको स्वास्थ्य चाैकी र वडा कार्यालयहरुको अवस्था टुरिष्टझै रहेको देख्न सकिन्छ ।

स्वास्थ्यकर्मी र कर्मचारीहरु विभिन्न पार्टीमा आबद्ध रहेकोले पार्टीको पावर देखाउदै कार्यालय समयमा नआउने, तोकिएको समयसम्म सेवा नदिने गरेको, पार्टीको काममा व्यस्त रहेको स्थानीयहरुले गुनासो गरेको छन् ।

नगरपालिकाको विभिन्न वडा कार्यालयमा सरकारी तलबभत्ता खाने कर्मचारीहरु कार्यालय समयसम्म नबसेको पाइएको छ । वडा अध्यक्षहरु कमिसन र आफ्नो पार्टीको काममा व्यस्त बनेको बेला कर्मचारीहरु कार्यालयसम्म बस्दै,बस्दैन् ?भन्ने गुनासो आएकाले आईतबार गरिएको अनुगमनको क्रममा विभिन्न वडा कार्यालयहरुमा कर्मचारी नबसेको र स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी समेत नबसेको पाइएको छ ।

स्वास्थ्यकर्मी र कर्मचारीहरुको जनप्रतिनिधि आएको चार वर्ष वित्दा समेत कामचोर प्रवृतिमा कुनै सुधार नआएको स्थानीयहरुले दावी गरेका छन् । कोरोना महामारीका बेला स्वास्थ्य परामर्श र उपचार सेवा समेत दिनुपर्नेमा स्वास्थ्यकर्मीहरु र चौकीका कार्यालय सहयोगी वा कर्मचारी समेत नबस्दाँ सेवाग्राही मारमा परेको स्थानीयहरुले गुनासो गर्नुभयो ।
इनरुवा नगरपालिका ४ नम्बर वडाको स्वास्थ्य चाैकीमा दिउसो तीन बजे अघि नै सबै स्वास्थ्यकर्मी घर गई कार्यालय पूर्ण रुपमा बन्द रहेको पाईएपछि कार्यालयमा स्वास्थ्यकर्मी नबस्दा सेवाग्राहीहरु रितै फर्किएका थिए ।

वडा अध्यक्ष श्यामदेव मेहताले भने “म बेला बेलामा अनुगमन गर्छु तर मेरो कुरा कुनैपनि स्वास्थ्यकर्मी सुन्दैनन, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जे भन्छ तिनिहरु त्यही गर्छन। म सँग स्वास्थ्यकर्मीहरु नत भेटघाट गर्छ नत मेरो कुरा सुन्छन, प्रमुख मेहताको कुरामा हिन्ने कर्मचारीहरु सँग म थाकी सकेको छु, यसअघि पनि कोरोना भाइरसको दोस्रो भेरिएण्टको समयमा आफ्नै मनमानीले वडा नम्बर ४ का स्वास्थ्य कार्यालय इन्चार्जलाई मलाई जानकारी नदिइकन, म सँग कुनै किसिमको सहमति बिना नै आफ्नै मनले नगरपालिकाको मातहतमा खटाउदै आएको भन्ने प्रतिक्रिया दिनुभयो ।

स्थानीयका अनुसार इनरुवा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामदेव मेहता बिरामी भइ अशक्त भएकोले हामीहरुले छाेड्दै आएको बताउदै यदि बिरामी नभएको भए यस्तो रवैयाले हामीहरु कहिले तालाबन्दी गरिसकेको हुन्थ्यो तर हामीहरु पनि वडा अध्यक्षको मुख हेरेर चुपचाप बसेको थियो अबपनि यस्तो रवैया रहिरहयो भने चुपचाप बस्न सकिन्न तालाबन्दी गर्न बाध्य हुन्छु भन्ने स्थानीयहरुको भनाइ रहेको छ ।

यसअघि पनि उक्त वडाका सचिब गोपाल गुरागाइले दुई लाख पचास हजार अर्थात कार्यालय संचालन खर्चको पहिलो किस्ता लिएर भागेपछि इनरुवा नगरपालिकाको कार्यालयमा उजुरी दिएपछि हालसम्म कुनैपनि सुनुवाइ नभएको र अहिले गोपाल गुरागाई नगरपालिकाको वडा नम्बर ६ मा सचिब पदमा काम गर्दै आएको अध्यक्ष मेहताले बताउनुभयो।

यसैगरी इनरुवा नगरपालिकाको वडा नम्बर ९ र १० को हालतपनि त्यस्तै रहेको देखिन्छ। वडा नम्बर १० रहेकोको स्वास्थ्य चाैकीको स्वास्थ्यकर्मीले वडा कार्यालयमा बस्ने गरेको पाइएको छ , स्वास्थ्यकर्मीलाई सोध्दा स्वास्थ्य चोकीमा कोइपनि सेवा लिन आउदैन भन्छन् भने अर्को तर्फ स्थानीयबासीले भने हामीहरु सेवा लिन जान्छु तर कति बेला खुल्छ कतिबेला बन्द हुन्छ थाहै हुँदैन, कहिले ११ बजे खुल्छ त, कहिले १२ बजे एता २ बजेनै बन्द गरेर जाने गरेको, कहिले डाक्टर हुदैन, कार्यालय सहयोगी हुन्छ उनले भन्छ म डाक्टर होईन डाक्टर आएपछी मात्र आउनुहोला भन्ने गुनासो स्थानीयय प्रवेज आलमले बताउनुभयो ।

यस्तो अवस्था स्वास्थ्य चाैकीहरुमा मात्रै नभइ वडा कार्यालयहरुमा समेत देख्न सकिने स्थानीयहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!