हिपमत डटकम

बुधबार, आषाढ २३, २०७८ || 627  पटक पढिएको

काठमाडौं । राष्ट्रियसभाको एक समितिले तत्त्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ । ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस अहिलेसम्म गायव छ ।

त्यो बाकस फेला परेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पार्ने इतिहासविद्को भनाइ छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविदसँगको छलफलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

समितिको २०७७ ०७८ वार्षिक प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ । तर, त्यो बाकस कसरी गायव भएको छ त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ ।

यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ ।

उनीहरुले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए । इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इतिहासविद् महेशर।ाज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!