हिपमत डटकम

मंगलबार, आषाढ २२, २०७८ || 606  पटक पढिएको

पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०3 जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्‍देहीमा ३५, कमवानपुर र पाल्पामा ३४/३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४/१४ जना, दोलखा, दाङ र दैलेखमा १३/१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!