सोमबार, माघ २७, २०७६ || 643  पटक पढिएको

उद्योग, व्यवसाय क्षेत्रमा आवद्ध रहेकालाई तनाव भगाउन शिविरको आयोजना गरिएको छ । व्यस्त र तनावपूर्ण जीवनशैली बिताई रहका उद्योगी व्यवसायीलाई लक्षित गरि मोरंग व्यापार संघ र ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले सो शिविरको आयोजना गरेको थियो ।
काठमाडौँबाट आएका वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले प्रशिक्षण दिने सो शिविर माघ २९ गतेसम्म सञ्चालन हुनेछ । ‘तनाव रहित, आन्तरिक शान्ति तथा खुशीयाली जीवन’ विषयक चार दिवसिय शिविरको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र प्रदेश १ को प्रमुख गीता दिदी, मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!