हिपमत डटकम

बिहिबार, आषाढ १७, २०७८ || 902  पटक पढिएको

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ ।

 

एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने ।

राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए ।

कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।

आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो ।

साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!