उनले मेट्रो स्टरेशनको बाहिर २६ वर्षीया महिलाको हत्या गरे । त्यसपछि प्रहरीले अनुसन्धानका लागि खोजी गर्ने क्रममा कारभित्र इञ्जिन खुल्ला राखेको अवस्थामा भेट्यो । कारको ढोका बन्द थियो । निकै मिहेनतका साथ खोल्यो । युवक कारको ड्राइभिङ सिटमा बसिरहेका थिए । उनलाई बोलाउँदा बोलेनन् । प्रहरीले रगत समेत देख्यो । जहाँ उनी मृत फेला परेका थिए ।

घटना भारतको नयाँ दिल्लीको रोहिणी क्षेत्रको हो जहाँ २६ वर्षीया सईको उनकै सहकर्मीले गोली हानी हत्या गरी आफूले पनि आत्महत्या गरे । युवकको शव सोनेपतमा फेला परेको थियो । युवकले युवतीलाई पीछा गर्दै मारेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा २६ वर्षीया प्रिती अलावातको हत्यापछि अर्का सई दिपांशु राठीले आत्महत्या गरेको खुलेको छ । दुवैबीच लामो समय प्रेम चलेको र हालसालै टुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!