अकिब इल्यासको शतकीय पारीसामु बलरहरु निरिह बन्दा नेपाल लगातार दोस्रोपटक ओमानसँग पराजित भएको छ । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आइतबार भएको आफ्नो तेस्रो खेलमा ८ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा पछ्यायो । ओमानका लागि अकिबले शतकीय पारी खेल्दै १ सय ९ रन बनाए भने कप्तान जिसान मक्सुदले ६८ रनको योगदान दिए । अकिबले १ सय ८ बल खेल्दै १२ चौका र १ छक्का हिर्काए । त्यस्तै, खावर अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए । नेपालका लागि सन्दीप भारी र कुशल मल्लले १–१ विकेट लिए । यसअघि, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए ।ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!