हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 465  पटक पढिएको

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै भारतमा अहिलेसम्म कोरोनाको संक्रमणको कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको केरलामा कोरोनाका नयाँ संक्रमितको संख्या १२ हजारभन्दा बढी देखिएको छ भने महाराष्ट्रमा ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यस्तै तामिलनाडुमा पनि नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ४३ हजारमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!