हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 531  पटक पढिएको

लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो ।

 

मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो । यो २.८० प्रतिशतको वृद्धि हो । आज सेन्सेटिभ इडेक्समा समेत १६.१९ अंकको वृद्धि देखियो ।

आज बजारमा सबै समूहको परिसूचक हरियो बन्यो । त्यसमा पनि फाइनान्स, विकास बैंक र जलविद्युतका लगानीकर्ताले बढी कमाए ।

मंगलबार कुल २२५ कम्पनीको कारोबार भयो । आज १ लाख १२ हजार ५० पटक कारोबार भएको छ । यो कारोबारबाट १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने केही खुम्चिएको छ ।

 

बजार घट्दा समेत अघिल्लो दुई दिन ११ अर्ब माथिको कारोबार भएकोमा मंगलबार भने १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ । मंगलबार करीव तीन दर्जन कम्पनीको मूल्य सर्किट लेवलमा बढेको छ । ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

 

आज जानकी फाइनान्स, बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पन्चकन्यामाई हाइड्रोको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पुनर्बिमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!