आइतबार, माघ २६, २०७६ || 852  पटक पढिएको

२० जनाको हत्या र ५० भन्दा बढी घाइते हुने गरी गोलीकाण्ड मच्चाउने एकजना थाई सैनिक अधिकृत मारिएका छन् । उनलाई थाइल्यान्डको सुरक्षाकर्मीले गोली हानी मारिदिएका हुन् ।शनिबार अपरान्हबाट गोलीकाण्ड मच्चाएका जक्राफन्थ थोमा नामका ती जुनिअर अधिकृत आइतबार विहान मारिएको पुष्टि भएको छ । मारिनुअघि उनले सपिङ मल र बाटोमा अन्धाधुन्दा गोली चलाएर निर्दोहरुको हत्या गरेका थिए ।

शनिबार नाखोन राचसिमा शहरमा भएको घटनामा ती सैनिकले अधिकृतले हतियार लुटेर उक्त हत्याकाण्ड मच्चाएका थिए । थोमाले हतियार लुट्््ने क्रममा आफ्नै कमाण्डको हत्या गरेका थए । त्यसपछि उनले सवारी चढेर सपिङ कम्प्लेक्समा पुगी अन्धाधुन्दा गोली चलाएका थिए । कम्प्लेक्स भित्र लुकेर आक्रमणका तस्बिरहरु समेत सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

उनले किन आक्रमण गरे भन्ने स्पष्ट भएको छैन । ती सैनिककी आमालाई घटनास्थलमा ल्याएर आत्मसमर्पणको वातावरण बनाउने पहल भएको थियो । तर, त्यो सम्भव भएन र उनी मारिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!