आइतबार, माघ २६, २०७६ || 1003  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा आजबाट पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने अभियानका साथ वडा नम्वर १० को पशुपतिनगर टोलबाट खोपको सुरुवात भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै नगरमा पशुपालन व्यवसायको प्रवद्र्धनमा नगरपालिका लागिरहेको वताउनु भयो ।
पथरी सहकारी संस्था लिमिटेडको संयोजन र नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समितिको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाउन थालिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । अन्य वडामा माघ २९ गतेदेखि पीपीआरको खोप अभियान सञ्चालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो । त्यसपछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!