हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 607  पटक पढिएको

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दिनभरी उतार चढाब देखिएको छ । बजार खुलेसंगै ओरालो लागेको बजार उकालो ओरालो गर्दै करिब ३००० बिन्दु नजिक पुगेर ओरालो लाग्दै २९६८.४३ विन्दुमा झरेको छ ।

यस दिन नेप्से परिसूचक १.२९ अंक घटेर २९६८.४३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेर ५४१.१२ विन्दुमा पुगेको छ । यस दिन २२३ कम्पनीको १ लाख २४ हजार ५६१ पटकको कारोबारमा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३६ रुपैयाँ बराबरको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीवार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक १.४२ प्रतिशत र अन्य उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको छ । त्यस्तै लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ ।

विश्लेषकहरुका अनुसार लगानीकर्ताहरु अन्योलमा रहेका कारण तिव्र उतार चढाव देखिएको छ । धितोपत्र बोर्डले ५१ कम्पनीहरुको सूची सार्वजनिक गरेसँगै बजारमा तरङ्ग सिर्जना भएको र सोही कारण केही लगानीकर्ताहरु ‘प्यानिक सेल’ गरिरहेका देखिएको छ । लगानीकर्ताहरु खरिद गर्ने मौकाको रुपमा कारोबार गरिरहेकाले यस दिन बजारमा तिव्र उतारचढाव देखिएको विश्लेषकहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!