हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 714  पटक पढिएको

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८÷७९ को बजेट यथार्थपरक रहेको दावी गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले बजेटमा पुरानै योजना तथा कार्यक्रम मात्र नभएर प्रतिफल प्राप्त हुने नयाँ कार्यक्रमहरु पनि रहेको दावी गरे ।

अस्पतालको स्तरोन्नति गर्ने जस्ता नयाँ कार्यक्रमसहित आएको बजेट अन्य प्रदेशको भन्दा उत्कृष्ट रहेको मन्त्री आङ्बुहाङले दावी गरे । प्रदेशको आर्थिक हैसियत अनुसारको आर्थिक रुपान्तरणका लागि बजेट ल्याएको उनको भनाइ थियो ।

बजेटमा आलोचना हुँदै आएको विभिन्न व्यक्तिका नाममा स्थापित प्रतिष्ठानलाई बजेट दिने व्यवस्था राखेको मन्त्री आङ्बुहाङले त्यसको बचाउ गरेका छन् । प्रदेशका राजनेता तथा सामाजिक व्यक्तित्वको नाममा स्थापित प्रतिष्ठानहरुलाई अनुदानको व्यवस्था गरेर सम्मान प्रकट गरेको उनको भनाइ छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास र विशेष कार्यक्रमको कार्यविधि संशोधन गरी कार्यान्वयन गरिने भन्दै उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास र विशेष कार्यक्रमका लागि एकमुष्ट ७२ करोड बजेट विनियोजन गरेको बताए । यो बजेट अनुसार प्रत्यक्षतर्फ प्रतिसांसद १ करोड हाराहारी पर्ने देखिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले बचालु आर्थिक वर्षको २ अर्ब नगद मौज्दात समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानको रकम रहेको बताएका छन् । १० दिनको पर्यटन काज बिदा निजामती कर्मचारीहरुको लागि मात्रै भएको बताउँदै उनले शिक्षक र प्राध्यापकहरुलाई त्यो सुविधा नभएको बताए । सेवा प्रबाह प्रभावकारी बनाउन कार्यालय आएको प्रत्येक दिन कर्मचारीलाई खाजा खर्चबापत १ सय रुपैयाँ दिने व्यवस्था गरेको मन्त्रालयको भनाइ छ ।

मन्त्री आङ्बुहाङले मंगलबार आर्थिक वर्ष २०७८–७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!