हिपमत डटकम

बुधबार, आश्विन ०८, २०८२ || 1536  पटक पढिएको

विराटनगर।अन्नपूर्ण राठी केबल इण्डष्ट्रिज प्रालिले मोरङका दुई सरकारी कार्यालयलाई सात लाख रुपैयाँ बराबरका विद्युतीय सामग्री हस्तान्तरण गरेको छ।भाद्र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा प्रभावित जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय मोरङलाई उक्त सामग्री उपलब्ध गराइएको हो।

उद्योगका अध्यक्ष जितेन्द्र राठी र प्रबन्ध निर्देशक श्याम राठीले बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई चार लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरे। यसअघि मंगलबार मालपोत कार्यालयलाई तीन लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक राठीले जानकारी दिए।

उनका अनुसार व्यवसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुवै कार्यालयलाई विद्युत् जडानका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराइएको हो।कटहरी गाउँपालिका–४ मा सञ्चालनमा रहेको अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजले देशमा विपद् वा कठिन परिस्थिति आएको बेला निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!