हिपमत डटकम

बुधबार, आश्विन ०८, २०८२ || 1348  पटक पढिएको

काठमाडौँ । देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ।रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा २०८२ असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल-चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका-३, एकुवामा पनि पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!