हिपमत डटकम

मंगलबार, आषाढ ०१, २०७८ || 584  पटक पढिएको

प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३ दशमलव ६ प्रतिशत), पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख (४६ दशमलव ३ प्रतिशत) र स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख (१० प्रतिशत) विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्था तर्फ ३ करोड विनियोजन गरिएको छ ।

उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!