हिपमत डटकम

मंगलबार, आषाढ ०१, २०७८ || 717  पटक पढिएको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ ।

कार्यकारिणी समितिको बहुमतका आधारमा महन्थ ठाकुरसहित चार नेतालाई गरेको कारबाही गरेको यादव पक्षले दफा ५१ अनुसार दलसम्बन्धी विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई कारबाही गरेर अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले भने दुवैको दाबी अस्वीकार गरेको छ ।

यो निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको जसपा यादव पक्षले बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै जसपा अध्यक्ष यादवले भनेका छन्, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ ।’

अब वैधानिकता दाबी गर्दै आयोग जाने तयारी गरिएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

अध्यक्ष यादवसहितका नेताहरुसँग भएको छलफलमा कानून व्यवसायीहरुले पनि त्यही सुझाव दिएका तिए । ‘हामीले दलको वैधानिकता दाबी गर्न सुझाव दिएका छौं । अदालतमा जाने कुरा त छँदैछ,’ जसपा निकट संघीय कानून व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक राई भन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!