शनिबार, माघ २५, २०७६ || 1265  पटक पढिएको

पूर्वाञ्चलको सर्वोत्कृष्ट कस्तुरी एकेडमी इटहरीले आफ्नो २२ वार्षिकोत्सवको अवसरमा पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा क्रियशील युवा अभियन्ता नबिन गुरुङलाई सम्मान गरेको छ । उनीसँगै सामाजिक, खेलकुद तथा संगीत क्षेत्रका अन्यलाई पनि कस्तुरीले सम्मान गरेको हो ।सामाजिक क्षेत्रमा क्रियशील अभियन्ता गुरुङलाई समाजमा उनले पुराएको सामाजिक योगदानको उच्च कदर एवं मुल्यकंन गर्दै सम्मान प्रदान गरिएको, कस्तुरीले जनाएको छ । एकेडमीमा हुदाँदेखि नै गुरुङ श्रृजनशील रहेको स्मरण गराउदै कस्तुरीले गुरुङले चलचित्र तथा संचार जगतमा पाएको सफलताको पनि प्रशंसा गरेको छ ।

 

शनिबार सम्पन्न भव्य कार्यक्रममा कस्तुरीका प्राचार्य कमलेश पौंड्यालले कस्तुरीको ईतिहासमा गुरुङले अमुल्य योगदान दिएको बताए । पूर्वाञ्चलको सर्वोत्कृष्ट एकेडमीले सम्मान गरेपछि प्रशन्न देखिएका गुरुङे आफुले पाएको सम्मान सम्पूर्ण कस्तुरीका आफ्ना ब्याजका साथीहरुसँग बाढ्न चाहेको मन्तव्यको क्रममा बताए । उनी कस्तुरी उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् । स्मरणरहोस्, उनकै संयोजकत्वमा कस्तुरीको इतिहासमा पहिलो पल्ट वेलकम प्रोग्राम (नयाँ विद्यार्थीलाई स्वागत सम्मान गर्ने कार्यक्रम) भएको थियो । आज यीनै गुरुङलाई सम्मान गर्दै कस्तुरीले देशविदेशमा ख्याती कमाएका आफ्ना पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमको थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!