गणेश कुमार ठाकुर

सोमबार, जेठ ३१, २०७८ || 379  पटक पढिएको

सिरहा । कोभिड १९ सङ्क्रमणको जोखिम अझै कायम रहेको भन्दै सिरहामा थप १५ दिनको लागि निशेधाज्ञा जारी गरेको छ । जोखिम न्यूनिकरण गर्न आज सोमबार बसेको डीसीसीएमसी सिरहाको बैठकले गरेको निर्णय अनुसार जेठ ३१ गते राती १२ बजेदेखि लागू हुने गरी आगामी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी खिए ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजे देखि १ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामाग्री भण्डारण गर्ने बाहेक विहान नौं बजेदेखि १ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ ।

होटल व्यसायभ ने अनलाईन वा फोनबाट बुकिङ्ग गरी होम डेलिभरी विहान नौ देखि दिउँसो १ बजे र बेलुकी ६ बजेदेख ८ बजेसम्म सञ्चालन गर्न पाइने जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

कोभिड १९ को दोस्रो लहर सुरुभएदेखि आजसम्म सिरहमा एक हजार ४ सय ४० जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये नौ सय ३४ जना निकोभईसकेको छ भने ९५ जनाको मृत्यु भईसकेको छ । सङ्क्रमणको संख्यामा निरन्तर कमी आएको भएपनि अझै सङ्क्रमण जोखिम रहेको प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कणेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!