हिपमत डटकम

शनिबार, जेठ २९, २०७८ || 784  पटक पढिएको

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । उनले यही असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने बताएका छन् । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य, काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाय अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउन छलफल गरेको बुझिएको छ । दीपक मनाङले दुई महिनाभित्र तेस्रो पटक मन्त्री बन्न लागेका हुन् ।

गण्डकी प्रदेशमा सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धन यतिबेला मन्त्रालय बाँडफाँटमा समेत आन्तरिक रुपमा छलफल चलाएको छ । तर, निष्कर्षमा भने पुगिसकेको छैन । नवनियुक्त मुख्यमन्त्री पोखरेलले पहिलो चरणमा तीनजनालाई विनाविभागीय मन्त्रीको रुपमा सपथ गराएर अगाडी बढ्न योजना बनाएको बुझिएको छ । काँग्रेसबाट मुख्यमन्त्री, माओवादी र जनता समाजवादीबाट पार्टीले पठाएका एक–एक जनालाई मन्त्रीमा एकै पटक सपथ गराउन योजनामा उनी रहेका छन् ।

गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि काँग्रेस र माओवादीलाई ४–४,जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित ११ जनालाई मन्त्री बनाइने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!