हिपमत डटकम

शनिबार, जेठ २९, २०७८ || 571  पटक पढिएको

विराटनगर । इसाई समाज विराटनगरले समानुभूति नेपालसँगको सहकार्यमा रंगेली नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई कोभिडसँग लड्न आवश्यक स्वास्थ्य सामाग्रीहरू हस्तानन्तरण गरेको छ ।

समाजले सर्जिकल मास्क ५ हजार थान, हेयर नेट १०० थान, ग्लोब्स १०० थान, पीपीइ ७ थान, सेनिटाइजर ५ लिटर, क्लोरिन ५ लिटर, अक्सिमिटर ५ थान, थर्मोमिटर, मल्टिभिटामिन लगायतका स्वास्थ्य सामाग्रीहरू नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा सहयोगी संस्था समानुभूति नेपालका अध्यक्ष तुल्सी श्रेष्ठले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दै आफ्नो संस्थाले नेपालभरि नै कोभिडसँग जुध्नका लागि स्थानीय निकाय र अस्पतालहरूलाई स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइरहेको बताए ।

उनले युनाइटेड नेपाली चर्च तेलअभिभ इज्राएल लगायतका विश्वभर छरिएर रहेका विभिन्न चर्च तथा र चीन र भारत लगायतका मित्रराष्ट्रहरूबाट संकलित सामाग्रीले हालको खाँचो सम्बोधन गरिएको बताउँदै २८ जिल्लामा स्वास्थ्य सामाग्री लिएर आफैं पुग्न लागेको र अन्य जिल्लाका लागि काठमाण्डौंबाटै सम्बन्धित स्थानीय निकायलाई सामाग्री हस्तान्तरण गरिएको बताए ।

रंगेली नगरपालिकाका स्वास्थ्य सहसंयोजक भुपेन्द्र प्रसाद मणडलले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि मास्क लगायतका अन्य खाँचो पूरा भएको बताउँदै अझै यस्तै धेरै सहायताको खाँचो रहेको जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा इसाई समाज विराटनगरका अध्यक्ष पास्टर सुरज मल्लले राज्यलाई खाँचो पर्दा सहायता गर्न पाउनु इसाई समाजको लागि समेत निकै खुशीको कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!