हिपमत डटकम

शुक्रबार, जेठ २८, २०७८ || 709  पटक पढिएको

पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय ७१ वर्षीय कृष्णचन्द्र पोखरेल नेपाली काँग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने भएका छन् । बिहीवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको छ ।

नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी नेपाली काँग्रेसबाट पहिलो मुख्य मन्त्री हुने भएका छन् । मुलुक संघीयतामा गएपछि गठन भएको ७ वटै प्रदेश सरकारमा काँग्रेस विपक्षी रहेको थियो ।

सातवटा प्रदेश सरमकार मध्ये चारवटा प्रदेशमा नेकपा एमाले, दुईवटा प्रदेशमा माओवादी केन्द्रको र एउटा प्रदेशमा जसपाको नेतृत्व थियो । नेकपा विभाजनसँगै गण्डकीमा एमालेका मुख्यमन्त्रीले विश्वासको मत गुमाएका हुन् ।

गण्डकीमा वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता रहेका पोखरेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थन रहेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादीक केन्द्रका ११ जसपाका २ र जनमोर्चाका ३ सांसद(एक पदमुक्त) छन् भने नेकपा एमालेका २७ सांसद छन् । प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक रहेको छ । जनमोर्चाका सांसद कृष्ण थापालाई शुक्रबार पार्टीले पदमुक्त गरेकोले प्रदेशसभामा ५९ सदस्य कायम भएका छन् । त्यस आधारमा बहुमतको लागि ३० मत पुग्ने देखिएको छ ।

यता प्रस्तावित मुख्यमन्त्री पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत पुगिसकेको बताएका छन् । उनले भने, ‘हामीसँग बहुमत छ, हस्ताक्षर जम्मा भइसकेको छ । प्रदेश प्रमुखले आह्वान गरेपछि दावी पेस गर्छौं ।’ सांसद दीपक मनाङे पनि आपूmहरुसँगै रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!