काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अप्रत्याशित रहेको बताएका छन् । उनले अदालतको उक्त आदेश अस्वभाविक रहेको भन्दै आपति जनाएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत साहले आफ्नो धारणा सार्वजनिक गर्दै अदालतको उक्त आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने औंल्याएका छन् ।
उनले उक्त आदेश दिन संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी रहेको समेत बताएका छन् ।