रबिन्द्र बराल

बिहिबार, जेठ २७, २०७८ || 654  पटक पढिएको

मोरङ  । मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायत सिमावर्ति क्षेत्रका विवाहित मैथिल महिलाहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल, सहुटोल लवटोली लगायतका महिलाहरु जम्मा भई विशेष पुजा गरेका थिए ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरिएको हो ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रतवसि वरको रुखको फेदमा बर्तालु महिलाहरु सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन् । बिवाहित महिलाहरु नयाँ–नयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणद्वारा वाचन गरिएको वट–सावित्रीको कथा श्रवण गर्ने परम्परा रहेको छ ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ।) आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको पाईन्छ ।

साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक संगै एकअर्का संग घुलमिल गर्ने अवसरको रुपमा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!