बीरेन्द्रकुमार साह

बुधबार, जेठ २६, २०७८ || 620  पटक पढिएको

बिराटनगर । बिराट नर्सिगं होमले १४ बेडको अत्याधुनिक मोडुलर आई.सि.यु. साथै अर्को ११ बेडको न्युरो सर्जिकल आई.सि.यु. सन्चालनमा ल्याएको छ ।

न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु. प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न ४ वटा बेड रहेको पुर्बि नेपालकै पहिलो मोडुलर आई.सि.यु. बनेको छ ।

बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड ब्यबस्था गरिएको सुबिधा सम्पन्न मोडुलर आई.सि.यु.बाट सहज हुने र यस्तो कोबिडको बेलामा घरबाटै बिरामीहरुको आफन्तहरुले बुज्न र भिडियो हेर्न सकिने आई.सि.यु. इन्चार्ज डा.ललित राजबंशीले बताए । डा. राजबंशीको टिमले पुरै जटिल बिरामीहरुलाई आई.सि.यु. र भेन्टिलेटरमा राखेर उपचार गर्दछ । अब बिराट नर्सिगं होममा बिभिन्न बिभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आई.सि.यु. भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!