मोरङ । सरकारद्वारा जारि निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेकाहरुलाई सुनवर्षि सहयोग अभियानले खाद्यान्न सहितका सामग्री सहयोग गरेका छन् । लामो लकडाउनले गर्दा उनीहरुलाई बिहान बेलुका हातमुख जोड्न समेत समस्या परेको थियो ।सुनवर्षि नगरपालिका भित्रका नागरिकहरु खाधान्न समस्यामा परेको खबर थाहा पाएर मनकारी युवाहरुको समुहले “तपाईसंगै हामी सुनवर्षि सहयोग अभियान” नामक अभियान संचालन गरी घर–घरमै गएर खाधान्न तथा स्वास्थ्य सामाग्री पुर्याएर सहयोग गरेका छन् ।युवा समाजसेवी ईन्जिनियर कमलेश्वर ठाकुर, पत्रकार बीरेन्द्रकुमार साह, युवा अभियन्ता धिरेन्द्र साह र सन्तोष बास्तोलाले सयुक्त रुपमा उक्त अभियान संचालन गरेका हुन् । अभियान संचालन गरेको केहि समयमा नै सहयोगी दाताहरुबाट प्राप्त आर्थिक सहयोगले एउटा कोष स्थापना गरी अभियानलाई निरन्तरता दिएका छन् । अभियानले सुनवर्षि नगरपालिका तथा आसपासका बिपन्न, गरिब तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई घरघरमा नै पुगेर एक महिनालाई पुग्ने जति खाधान्न सामाग्री सहयोग गरि रहेका छन् ।हामि सुनवर्षि नगरपालिका तथा आसपासका नागरिकहरु जो समस्यामा हुनुहुन्छ उहाँहरुको पहिचान गरेर उहाँहरुको घरघरमा नै गएर अहिले सेवा पुर्याई रहेका छै यो सेवा कार्य निरन्तर जारि रहने छ । हामि नि स्वार्थ रुपमा यसरी नै निषेधाज्ञा अबधी भर सहयोग गरि रहन्छौ । हाम्रो अभियानमा जोडिएर काम गर्न ईच्छुक साथिहरुलाई हामीसंग जोडिएर काम गर्न आग्रह समेत गर्दछु । अभियन्ता ईन्जिनियर कमलेश्वर ठाकुरले हिपमत डटकमलाई जानकारि दिए ।यस्तो महामारिको समयमा हामीले संघिय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारको मुख मात्र ताकेर हुदैन हामीले चाहयौ भने थोरै भएपनि स्वम् गर्न सक्छौ । एक नेपालिलाई समस्या परेको बेला अर्को नेपालिले उक्त दुखेको घाउमा मलहम लगाउनु पर्छ अभियन्ता तथा पत्रकार बीरेन्द्रकुमार साहले बताए ।सुनवर्षि सहयोग अभियानले सुनवर्षि नगरपालिकाका बिभिन्न वडा तथा रंगेलि नगरपालिका ,रतुवामाई नगरपालिका, पथरिशनिश्चरे नगरपालिका तथा कानेपोखरि गाउँ पालिकाका केहि ब्यक्तिहरुलाई समेत सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!