हिपमत डटकम

बुधबार, जेठ २६, २०७८ || 687  पटक पढिएको

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले आफ्नै साथी हत्याको आरोपमा फरार रहेका सोम बहादुर बस्नेतलाई मंगलवार पक्राउगरेका छ । कैलारी गाउँपालिका–४ को ३९ वर्षीय सोम बहादुर बस्नेत आफ्नै साथी बिशाल बुढाथोकीको हत्याको आरोपमा पक्रउ परेका हुन् ।

लम्कीचुहा नगरपालिका–२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गदै आएका धनगढी घर ठेगाना बताउने ३६ वर्षीय बिशाल बुढाथोकी सोमवार दिउँसो मृत आवस्थामा फेला परेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सोम बहादुर बस्नेत र बिशाल बुढाथोकी बीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बाद बिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको प्रहरीले बताएका छन् ।

घटनापश्चात भागी फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!