हिपमत डटकम

बुधबार, जेठ २६, २०७८ || 770  पटक पढिएको
जैनको मानबिय सेवा निरन्तर

बिराटनगर । जनता समाजवादी पार्टी मोरङ जिल्ला उपाध्यक्ष तथा समाजसेवी प्रवीण जैनले निषेधाज्ञाका समयमा समस्यामा परेका गरिब, विपन्न तथा असहाय परिवारलाई लगातार सहयोग गर्दै आएका छन् । जैनले बिराटनगर तथा विभिन्न पालिकामा अभियान चलाउने अभियन्ताहरुलाई समेत प्रोहोत्सान गर्दै १०। १० बोरा चामल प्राय अभियानाहरुलाई सहयोग गर्दै आईरहेका छन्।

दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरू अहिले सबैभन्दा बढी समस्या परेको बेला हामीले निर्वाह गर्नु पर्ने हाम्रो सामाजिक दायित्व पूरा गरेको जैनले हिपमत डटकमलाई प्रतिक्रिया दिए । उनले वर्तमान परिस्थितिमा मानव जगतनै संकटमा परेको बेला सबैले आफ्नो स्तर बाट सहयोगको हात अगाडि बढाउनुपर्ने आवशयक देखिएको बताए ।

उनले हालसम्म समस्यामा परेका १०० परिवारभन्दा धेरै परिवारलाई चामल, दाल, नुन, सोयाबिन, आलु ईत्यादि आफ्नो निवास बाटै सहयोग गर्दै आएका छन् ।त्यस्तै उनले दैनिक सडकपेटीमा बसेका लाई खाना खुवाउदै आएका वसिम आलम मार्फत हाम्रो अभियान लाई २ सय ५० केजी चामल , सलिम अंसारी मार्फत ह्युमानिटी फाउन्डेसनलाई २ सय ५० केजी चामल , ताजिम अंसारी मार्फत मानव सहयोगी हातहरुलाई २ सय ५० केजी चामल , तनविरा खाँन मार्फत युवा समाज समुहलाई २ सय५० केजी चामल , दिपक चापागाईं मार्फत बरगाछी युवा समाजलाई २ सय ५० केजी चामल २५ केजी दाल , दिपेश अग्रवाल मार्फत युथ फर रंगेलीलाई २ सय ५० केजी चामल २५ केजी दाल, विरेन्द्र कुमार साह मार्फत सुनवर्षि सहयोग अभियानलाई २ सय ५० केजी चामल,बसन्त यादव मार्फत तालिम केन्द्र युवा ऐक्सन टिमलाई १ सय २५ केजी चामल , निरोज मल्ल र साहिल खान मार्फत युवा अभियान समुहलाई २ सय ५० केजी चामलर नवराज केसी मार्फत मानवसेवा आश्रम विराटनगरलाई २ सय ५० केजी चामल सहयोग गरेका छन् ।

जैनको यस अभियानमा जसपा मोरंगका अध्यक्ष मो कादिरको समेत सहभागिता रहेको छ। यसअघिका लकडाउनमा समेत समस्यामा परेकाहरुलाई सहयोग गरेका थिए ।जैनले कोरोना संक्रमितलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै करोनाका कारण अल्पआयुमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!