खबर ठुलो छ

हिपमत डटकम
काठमाडौँ ,माघ २५: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् । दुर्घटनामा घाइते बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छ । यसैगरी पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा गए राति भएको कार दुर्घटनामा छ जना घाइते भएका छन् । कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा १३ च ८४८१ नं को कार अनियन्त्रित भई सडकबाट पल्टदा छ जना घाइते भएका हुन् । घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

शनिबार, माघ २५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया