हिपमत डटकम
चितवन ,माघ २५:  सवारी दुर्घटना न्यूनीकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रात्रिकालिन समयमा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा सडक सुरक्षा चेकजाँच कार्ययोजना कडाइको साथ लागू गरेको छ । देशकै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाईअलट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाहरुको न्यूनिकरण गर्न योजनावद्ध तरिकाले सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा आएका नयाँ ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जिल्लामा आफू आएदेखि नै सवारी व्यवस्थापनदेखि सडक दुर्घटना न्यनीकरणका लागि विभिन्न कार्ययोजनासहित काम गरिरहेको बताए । उनले भने, ‘रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाइएकाले चेकजांँचमा कडाई गरिएको हो ।’ विगत ६ महिनाको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालिन समयमा झनै चेकजाँच कडा पारिएको भट्टको भनाइ थियो । ‘यसलाई न्यूनिकरण गर्न हामीले रात्रीकालिन समयमा कडाई गर्न लागेको बताउँदै भट्टले भने, ‘रात्रिकालिन समयमा मापसे गरी सवारी चलाउने, चालक निदाउने, तीब्रगतिमा हाँक्ने र ट्राफिक नियम मिच्ने जस्ता घटना बढी हुने गरेका छन ।’जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा कार्ययोजना लागू भएपछि दूर्घटनाको दरमा कमी आउने बताउँदै भट्टले जिल्लामा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । प्रमुख भट्टले सवारीसाधन खरिदबापत राज्यलाई कर तिरेको भन्दैमा सडकमा जथाभावी पार्किङ गर्ने जो कोहीलाई छुट नभएको बताए  पार्किङ क्षेत्र अभावको कारण देखाएर सवारी चालकले मनपरि ढंगले फुटपाथमा पार्किङ गर्दै आएकाले ह्विल लक समेत लगाउँदै आएको ट्राफिक प्रहरी जवान जिवराज भट्टराईले बताए । उनले भने, ‘चितवनमा पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ । यसलाई कम गर्न ह्विल लकको व्यवस्था गरका हौँ । पछिल्लो एक हप्तामा २०० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।’जिल्लाको बढी दुर्घटना हुने ८ वटा ठाउंँमा प्रहरी र ट्राफिक प्रहरीसहित ७ जनासम्मको टोलीले २४ सै घण्टा निगरानी गर्ने कार्यको सुरुवात सोमबारदेखि भएको भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!