शनिबार, माघ २५, २०७६ || 729  पटक पढिएको

हिपमत डटकम , विराटनगर,२५ माघ ः विराटनगर स्थित गौतम बुद्ध स्कूलले फन फेस्टा एण्ड ३९ औं वार्षिक उत्सव विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ ।स्कूल परिसरमा आज एक कार्यक्रमको विच फन फेस्टा र वार्षिक उत्सव मनाएको हो ।वार्षिक उत्सवको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले सिपसहितको ज्ञानमुलक शिक्षा आजको आवश्यता भएको बताइन् । उनले सिप र संस्कार सहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइन् । ‘आजको आवश्यकता भनेको शिपसहितको रोजगारमुलक शिक्षा हो,’ उनले भनिन् । अहिले प्रविधिको युग पनि भएकोले अब विद्यालयहरूले प्रविधिको उचतम प्रयोग गरि प्रविधि मैत्री शिक्षालाई पनि अगाडी बढाउनुपर्नेमा उपप्रमुख कार्कीले जोड दिइन् ।कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल केशबलालसिंह सुवालले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडी बढेको बताए । अतिरिक्क्त क्रियाकलापमार्फत पनि विद्यार्थीको क्षमता अभिवृद्धी गर्दै आएको प्रिन्सिपल सुवालले बताए ।कार्यक्रममा गौतम बुद्ध स्कूलका भाइस प्रिन्सिपल डा। नितिका ताम्राकार सुवाल, स्कूलका अध्यक्ष रम्बादेवी डंगोल, हेड चिर अर्जुन मल्ल ठकुरी, प्राइमेरी तहको हेडटिचर कमलसेन गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेशकुमार पोदार, इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख दिपक पोखरेललगायतले बोेलेका थिए।सोही अवसरमा विद्यार्थीह?ले नृत्य, गायन, कविता प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यस्तै स्कूलमा अध्ययरत विद्यार्थीह?ले चित्रकला पनि प्रर्दशनीमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!